अमेरिकी युद्धक जहाज सिङ्गापुरमा आइपुग्यो
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiFo3lV_yVE2mzLLg2ogxu1tq9jsMrWIoIurbHOC199iBR-BkPMh2k2gQup2oZpLLTcsqvjO8EmTM-muQvJYzwVLWGPtlQxtdBtzn8PreaxI06yODZfsZ-LUYNCq_HWRCLOL85GnTMSvRCP/s320/fighter.jpg)
युएसएस फ्रिडम नामक यो जहाज कोरियाली प्रायद्वीपमा तनाव बढेको तथा चीनले दक्षिण चिनियाँ जल क्षेत्रमा आफ्नो शक्ति विस्तार गरिरहेको अवस्थामा आएको हो । यस क्षेत्रमा केही मुलुकबीच प्रतिद्वन्द्वीपनाको रूपमा दाबी रहेको छ ।
अमेरिकी नौसैनिक अधिकारीहरूले यो तटीय युद्धक जहाज भएको र सिङ्गापुरको चाङगी नौसैनिक केन्द्रमा आइपुगेको बताए ।
यो जहाज यस क्षेत्रमा आठ महिना रहनेछ र यसले यसबीच नौसैनिक अभ्यास गर्नुका साथै अन्य बन्दरगाहको भ्रमण गर्नेछ । एजेन्सी
प्रकाशित मिति:
April 19, 2013