डम्बर सुब्बा, कोरिया - रोजगारीको सिलसिलामा ईपीएस मार्फत ३ महिना अघि कोरिया आई क्य¨गिदोको ईछन स्थित मिरे कन्सल्ट सानअप नामक कम्पनीमा कार्यरत ३ नेपाली कम्पनीलाई काम गर्ने कोरियन मेनेजरको अमानविय कुटपिट सहन नसकेर सोही क्षेत्रको स्थानिय प्रहरीको शरण पुगेको छ ।
प्रहरीको शरणमा गुहार माग्दै पुगेका सुनसरी धरान निवासी रामले भने ३ महिना अघि कोरिया आए पछि सो कम्पनीमा लगनशील र मेहेनत साथ काम गर्दथ्यौ तर त्यस कम्पनीको फे नामक मेनेजर भाषा नबुझेर भएको सानो सानो गल्तीमा पनि झापडले लातले हिर्काउने गर्दथ्यो । हामीले ३ महिना सम्म लगातार सहेर बसौ । धेरै संघसंस्था, राजदूतावासहरुलाई सहयोग माग्यौ तर कसैकोबाट सहयोग पाएनौ ।
उनले रुदै थप भने यस्तै किसिमको दिनहु भई रहने शारिरीक, मानसिक तनावको कारण आत्माहत्या गर्ने सम्म सोच राखेका थियौ । त्यस्तै पोखरा निवासी माधवले भने कोरिया आएर काम गरेको पहिलो पल्ट हो, कामको बारेमा केहि थाहा हुदैन,राम्रो तरिकाले सिकाउनुको सटटा पहिला हिकाउने त्यस पछि नराम्रो गाली गर्दे काम सिकाउने गर्दथ्यो । बिहान काम शुरु गरेपछि कहिले कस्तो किसिमले कुटने हो जहिले पनि मनमा चिन्ताले सताउंथ्यो । आज पनि हामी तीनै जनालाई लातै लातले हिर्काउदा जीउ ज्यानको सुरक्षाको लागी प्रहरीको शरणमा आएका हौ ।
पिडित ३ नेपाली मजदुरले नेपाली राजदूतावाका श्रम सहचारी अनिल गुरु¨लाई उद्धार गरिदिनको लागी अनुरोध गर्दा श्रम सहचारी गुरु¨ले आफुलाई पनि भाषाको समस्या भएको अन्य कुनै व्यक्तिलाई पठाउने आश्वासन दिए पनि कुनै व्यक्ति उद्धारको लागी नआएका बताए ।
ईछन प्रहरी कार्यलयका प्रहरी अधिकृत सीन ग्य¨ छलले नेपाली मजदुरलाई कुटपिट गर्ने कम्पनी मेनेजर फे र कम्पनी मालिकलाई बोलाएर बयान लिई सकेका छौ । कम्पनी मेनेजरले कुटपिट गरेको पनि स्वीकार गरि सकेको बताए । उनले थप भने पिडित ३ नेपाली मजदुरले चाहेको खण्डमा कुटपिट सम्बन्धी कानुन बमोजिम कानुनी प्रक्रिया अगाडी बढाउने छौ ।
कम्पनी मालिक रु ज¨ हयनले ३ महिना अघि देखि नेपाली मजदुरहरुलाई कम्पनी मेनेजर फेले कुटपिट गर्दे आएको रहेछ मैले त अहिले प्रहरी कार्यलयमा आएर पो थाहा पाए । आज भन्दा अघि मलाई कुटपिट गरेको सम्बन्धमा कुनै किसिमको जानकारी भएन । कुटपिट र अमानविय व्यवहार गरेको मेनेजर फेले पनि स्वीकार गरि सकेको छ । त्यसको लागी म भित्री आत्माबाट माफी माग्न चाहन्छु र नेपाली मजदुरहरुले जे चाहन्छ त्यो गर्न तयार छु भने ।
सोही स्थानमा दोभाषेको लागी आएका कोरियाका साना तथा मझौता उधोग महासंघका कर्मचारी वा¨दी लामाले भने म प्रहरी कार्यलयमा पुग्न ३ जना नेपाली मजदुर भाईहरु प्रहरी कार्यलयको कुनाको टुहुरा जस्तै बिजोग अवस्थामा थियो । त्यो देख्दा एक नेपालीको हैसियत मन एकदमे दुख्यो ।
यस्तो विषयमा नेपालको सम्बन्धीत सरकारी निकाय नेपाली राजदूतावाले समयमा नै उद्धार गर्नु पर्ने हो । कोरियामा रहेका नेपाली मजदुरहरुलाई आपत विपत आई परेको बेलामा सहयोग दिन नसकेकोले नेपाली मजदुरहरुले थप दुख कष्ट भोग्नु परि रहको उनले थप बताए ।
ईपीएस मार्फत कोरियामा आएका नेपाली मजदुरहरु मध्ये हाल सम्म ७ जना भन्दा बढी नेपालीहरुले आत्मा हत्या गरि सकेको छ । नेपाल सरकारको सम्बनधीत निकाय नेपाली राजदूवासले नेपाली मजदुरहरु समस्या प्रतिको कर्तव्य विमुख कार्य, वेवास्ता, लापारवाही हुदै जाने हो भने थप नेपालीहरुले आत्मा हत्या नगर्न सक्दैन भन्न सकिन्दैन । यसको जिम्मेवार नेपाल सरकार र नेपाल सरकारको सम्बन्धीत निकाय नेपाली राजदूतावास हुने छ ।
Powered by Blogger.
अमानविय कुटपिट भएपछि कोरियामा गुहार माग्दै ३ नेपाली
प्रकाशित मिति:
April 18, 2013