वैद्यलाई फकाई फुलाई चुनाव गराउने दलहरुको दाऊ
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh72uh7sVnTKsvS0Shz-qvvq-2P6UrmjiM8mpQdu8VGlK8dHhlrAIK7HdY-wNidzOGpffCzhtd-7ArGQV15rVH5M6GSq7TXbW3OH3wSnnlTe-g4dEOQDJ3m_sZZZFWTxiyVNOi9xdbz95U3/s320/mohan+baidya.jpg)
अब असारमा चुनाव नहुने निश्चित भईसकेकाले अर्को मिति कहिले हो त भन्ने समेत अनिश्चित बन्न पुगेको छ ।
तर यस्तै अवस्थामा दलहरु भने यो सरकार निर्माण प्रक्रिया र चार दलको राजनीतिक संयन्त्रको मुख्य विरोधी मानिएको वैद्य नेतृत्वको नेकपा-माओवादीलाई फकाई फुलाई गरेर निर्वाचन गराउने कसरतमा लागेका छन् ।
बुधबार मात्रै पनि नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले नेकपा–माओवादीलाई उच्चस्तरीय राजनीतिक समितिमा सहभागि भएर निर्वाचन प्रक्रियामा सामेल हुन प्रस्ताव गरे । तर वैद्यले भने संयन्त्रको वैधानिकतामा प्रश्न उठाउदै चारदलका शीर्ष नेता सम्मिलित उच्चस्तरिय राजनीतिक संयन्त्रमा बस्न अश्वीकार गरे पछि चार दल कसरी चुनाव गराउने भन्नेमा लागेका छन् ।
वैद्य निवास धापासीमा भएको भेटमा सभापति कोइरालाले संयन्त्रमा आउन तथा निर्वाचनमा सहभागि हुन आग्रह गरेका थिए । अध्यक्ष बैद्यले भने आफ्नो पार्टीले चारदलीय संयन्त्रलाइ औपचारिक मान्यता नदिएका कारण सहभागि नहुने बताएपछी कोइराला निराश बनेर फर्किएका थिए ।
किन हुँदैन त वैद्य चुनावमा सहभागी
मुख्य त वैद्य बाले यी चार दलले चुनाव गराए पनि संविधान बनाउँदैनन् र बनाई हाले पनि गतिलो बनाउँदैनन् भन्ने बुझेर पनि हुन सक्छ । अर्को कुरा कुर्सीका लागि मरिमेट्ने दलहरुले बिना कारण यत्तिकै गैर राजनीतिक व्यक्तिलाई कुर्सी सुम्पेर संविधान बनाउन उदार हुनेले छलफल गरेर स्वतः संविधान नै जारी गर्न पनि सक्थे तर चुनावमै जानु भनेको देशलाई थप संकट पार्नु हो भन्ने पनि बुझेर यसो गरेको हुन सक्ने सो पार्टीको बुझाई छ ।
अझ, भारतले फालेको कार्डका आधारमा यो सरकार बनेकाले उसैद्धारा सञ्चालित सरकार र चुनावमा गए केही पनि नहुने भएकाले यो सबै काम संकट लम्ब्याउन मात्रै गरेको षड्यन्त्र भएकाले चुनावको विपक्षमा रहेको उक्त पार्टीका एक नेता बताउँछन् ।
प्रकाशित मिति:
April 18, 2013