बैशाख ८ - चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १६० पुगेको छ भने ५ हजार ७ सय घाइते भएका छन् ।
शनिबर विहान आएको सो भूकम्पबाट निकै ठूलो क्षति भएको अनुमान गरिएको । त्यहाँ उद्धार कार्य जारी रहेकाले यसको वास्तविक क्षतिको विवरण आउन अझै धेरै समय लाग्ने पनि बताइएको छ ।
चिनियाँ अधिकारीहरुले पछिल्लो पटक भने १६० व्यक्तिको मृत्यु भएको र ५ हजार ७ सय घाइते भएको पुष्टि गरेका छन् ।
स्थानीय भूकम्पविद्हरूले उक्त भूकम्प ७.० रेक्टर स्केलको भएको अनुमान गरेका छन् । अमेरिकी भौगोलिक सर्वेक्षणले उक्त भूकम्प ६.६ रेक्टर स्केलको भएको र त्यो पृथ्वीको सतहबाट १२ किलोमिटरभित्रैबाट सुरु भएको उल्लेख गरेको छ ।
उक्त भूकम्पपछि पनि अनेकौँ कम्प अनुभव गरिएको बताइन्छ । ती कम्पहरुपछि स्थानीय नागरिकहरु निकै त्रस्त बनेका छन् । उनीहरु विगतको शक्तिशाली भूकम्पबाट भएको व्यापक नरसंहारको त्रासले आतङ्कित बनिरहेको समाचारमा जनाइएको छ ।
हाल त्यहाँ व्यापक उद्वार कार्यलाई तीब्रता दिइएको छ । सयौँ सैनिकले उद्वारलाई तीब्रता दिएका छन् ।
तथ्याङ्कअनुसार सो भूकम्पबाट हजारौँ घर नष्ट भएका छन् । अन्य भौतिक सम्पत्तिको क्षतिको लगत तयार भइरहेको छ । सयौँ व्यक्ति सो भूकम्पको भग्नाबशेषमा परेको आशङ्का गरिएको छ ।
सिचुआन भूकम्प विभागले याआन, लुसानमा गएको भूकम्पका कारण सयौँ व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ । सन् २००८ मा भूकम्प जाँदा ८७ हजार व्यक्ति हराएको वा मरेका थिए ।
Powered by Blogger.
चीनमा भूकम्पबाट मर्नेको संख्या १६०, ५ हजार ७०० घाइते (भिडियोसहित)
प्रकाशित मिति:
April 21, 2013