बलात्कारका आरोपितविरुद्ध मुद्दा दर्ता

कमलपुर गाविस–२ घर भई ओद्राहा गाविस–९ बस्ने २४ वर्षीय रामचन्द्र खंगलाई छदेखि १० वर्ष कैद र पीडितलाई क्षतिपूर्तिको माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।
घोघनपुर गाविस–५ स्थित गहुँ खेतमा गत चैत ९ गते राति ११ बजे अभियुक्त खंगले बलात्कार गरेको भन्दै पीडित किशोरीले प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धानपछि मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
अभियुक्त खंग हालसम्म फरार छन् ।
प्रकाशित मिति:
April 26, 2013