चैत ३० - राष्ट्रपति डा रामवरण यादवले नेपालको अन्तरिम संविधान २०६३ को धारा ८८ को उपधारा १ बमोजिम आज विभिन्न चारवटा अध्यादेश जारी (प्रमाणीकरण) गरेका छन् ।
जारी भएका अध्यादेशहरूमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०६९’, ‘निर्वाचनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०६९’, ‘निजामति ऐन (तेस्रो संशोधन) अध्यादेश २०६९’ र ‘नेपाल स्वास्थ्य सेवा (चौथो संशोधन) २०६९’ रहेका छन् ।
सो कुरा राष्ट्रपति कार्यालयका निमित्त सचिव मणिराम ओझाले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रिपरिषद्को केही दिन पहिले बसेको बैठकले ती विधेयक प्रमाणिकरणका लागि सिफारिश गरेको थियो । अघिल्लो सरकारले पेस गरेका निजामति र स्वास्थ्यसम्बन्धी अध्यादेशलाई वर्तमान सरकारले फिर्ता लिई पुनः पेस गरेको हो ।
राष्ट्रपतिसमक्ष वर्तमान सरकारले पेस गरेको रेल्वेसम्बन्धी अध्यादेश भने जारी हुन बाँकी रहेको छ ।
Powered by Blogger.
यस्ता छन् राष्ट्रपतिले बिहीबार जारी गरेका चार अध्यादेश
प्रकाशित मिति:
April 11, 2013