सिरियामा संकटका कारण ७ लाख परिवार विस्थापित, ३५ हजार घर पूर्ण नष्ट
बैशाख १८ । सिरियामा दुई वर्षअगाडि सङ्कट आरम्भ भएपछि करिब पाँच लाख ३५ हजार घर पूर्णतया नष्ट भएका छन् । यसका कारण सात लाख भन्दा बढी परिवार विस्थापित भएको एक नयाँ अध्ययनमा देखिएको छ ।
यो अध्ययन सरकारसमर्थक अल–वतन पत्रिकाले गरेको हो । घातक द्वन्द्वका कारण दुई वा तीन परिवार एकै घरमा बसोबास गर्न थालेको र विस्थापित भएका परिवारको सङ्ख्या सात लाख पुगेको अध्ययनमा देखिएको छ ।
सिरियाको घरजग्गाको वास्तविक अवस्थाका विषयमा सही तथ्याङ्का आधारित यस अध्ययनमा सिरियाको पुनः निर्माणका लागि वास्तविक लागत ६८ अर्ब अमेरिकी डलर हुने उल्लेख गरिएको छ । यस आपतकालका अवस्थामा मुलुकलाई दुई लाख ५० हजार वासिन्दा आवश्यक पर्ने पनि प्रतिवदेनमा उल्लेख गरिएको छ ।
अर्को एक अध्ययनमा ६० लाख सिरियाली जनताको जीवन अवस्था गत दुई वर्षमा विश्वले लगाएको आर्थिक प्रतिबन्ध तथा सङ्कटको नकारात्मक प्रभावका कारण घट्दै गएको देखिएको छ । उक्त जानकारी सिरियन सेन्टर फर द पोलिसी रिसर्चेजले दिएको हो ।
प्रतिवेदनहरूमा यस सङ्कटका कारण भएको कूल क्षति सन् २०१२ मा ४८.४ अर्ब अमेरिकी डलर बराबर भएको र सन् २०१२ मा कूल गार्हस्थ उत्पादन १८.८ प्रतिशतले घटेर २४ अर्ब १० करोड अमेरिकी डलर पुगेको बताइएको छ ।
यसबीच एपीले दिएको समाचारमा दमासकसमा मङ्गलबार शक्तिशाली बम विस्फोट हुँदा १३ व्यक्तिको मृत्यु हुनाका साथै ७० व्यक्ति घाइते भएको जानकारी सिरियाली सरकारी टेलिभिजनले दिएको उल्लिखित छ ।
हालसम्म उक्त आक्रमणका लागि कसैले पनि जिम्मेवारी नलिएपनि राष्ट्रपति बसार असादको शासन पतन गराउन खोज्ने विद्रोही लडाकूले यस प्रकारको आक्रमण गरिहेको देखिएको छ । सिरियामा हिंसा तथा द्वन्द्व तेस्रो वर्षमा प्रवेश गरेको छ ।
दमासकसका वासिन्दाले शक्तिशाली बम विस्फोट भएको सुनिएको र धुवाँको कालो बादल भवनहरूको समूहबाट निस्किएको बताए ।
सिरियन टीभीले दमासको व्यापारिक क्षेत्र मारजेहमा आतङ्कवादीको बम विस्फोट भएको दाबी गरेको छ । राष्ट्रपति असादको सरकारले प्रतिपक्षी लडाकूलाई आतङ्कवादी भन्ने गरेको छ । एजेन्सी

प्रकाशित मिति:
April 30, 2013