उत्तर कोरियाद्धारा जापानमा क्षेप्यास्त्र प्रहारको सूचना
टोकियो, ३१ चैत - जापानी अधिकारीहरूले शनिबार बिहान मुलुकको पश्चिमी भागमा गएको भूकम्पको धक्काको सूचना जारी गर्दा गल्तीले उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपणको सूचना जारी गरेका छन् ।
जापानको यातायात मन्त्रालयअन्तर्गत पश्चिमी ओसाका उड्डयन विभागका एक अधिकारीले ८७ वटा विमानस्थल कार्यालयलाई झुक्किएर उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपण भएको सूचनाको इमेल जारी गरेको मन्त्रालयले जानकारी दिएको छ ।
यी अधिकारीले पश्चिमी ह्योगो प्रशासकीय क्षेत्रमा ६.३ रेक्टर स्केलको भूकम्प जाँदा विमानस्थलमा परेका क्षतिका विषयमा जानकारी लिन उक्त सूचना पठाउन चाहेको बताइएको छ ।
यसरी सूचना जारी गर्दा यी अधिकारीले पहिले नै तयार भएको उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपण भएको भन्ने इमेल गल्तीले जारी गरेको मन्त्रालयले उल्लेख गरेको छ ।
उक्त सन्देशको खण्डन छ मिनेटमै गरिएको थियो भने यसबीच एक उडानको समय ढिला गर्ने कार्य भइसकेको उक्त मन्त्रालयले जनाएको छ ।
उत्तर कोरियाले मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गर्ने तयारी गरेको समयमा जापान हाल पूर्ण सतर्क अवस्थामा रहेको छ र राजधानी टोकियोका तीन करोड जनताको सुरक्षाका लागि प्याट्रियोट क्षेप्यास्त्र तैनाथ गरिएको छ ।
यसै गरी जापानी जल क्षेत्रमा क्षेप्यास्त्र प्रतिरोधक प्रणाली सहित डिस्ट्रोयर तैनाथ गरिएको छ ।
बुधबार पनि जापानी नगर योकोहामाका अधिकारीहरूले ट्विटरका ४० हजार व्यक्तिलाई गल्तीले उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपण भएको सन्देश जारी गर्दा नराम्रो अनुभव गर्नुपरेको थियो ।
दक्षिणपश्चिमी ‘सेतो इनल्यान्ड सी’मा अवस्थित आवाजी द्वीप नजिकै बिहान स्थानीय समय अनुसार ५ : ३३ बजे ६.३ रेक्टर स्केलको भूकम्प जाँदा केही घरहरू भत्कनाका साथै २४ व्यक्ति घाइते भएको जानकारी जापानको जलवायु विज्ञान विभागले दिएको छ । रासस/एएफपी

प्रकाशित मिति:
April 13, 2013