चैत ३१ – २०६९ सालको अन्तिम दिन अनि नयाँ वर्ष ०७० को अघिल्लो दिन, नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेल साझा बसको यात्रु बनेर १५ रुपैयाँ तिरे भने बसका परिचालक (खलासी) मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उक्त भाडा बटुले ।
यसो भनिरहँदा यो कुनै ठूलो पर्दा अथवा टिभी कार्यक्रमका लागि गरिएको छायांकन होला भनेर सोचिरनु भएको छ भने तपाई गलत हुनुहुनेछ । किनभने, सेवा बन्द भएको १२ बर्षपछि सरकारको मातहतमा रहेको साझा बस सञ्चालनको उदघाटन शनिबार भएको छ । सोही उदघाटन कार्यक्रममा मुख्यसचिव पौडेलले १५ रुपैंया भाडा तिरेर बस चढी सेवाको शुरुवात गरेका हुन् भने हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सेवा शुभारम्भका क्रममा परिचालक बनेर भाडा उठाएका हुन् ।
यसरी, उक्त रमाइलो शुभारम्भ कार्यक्रमसँगै शनिबार भोलिदेखि राजधानीका दुई रुटमा साझा यातायातले बस सेवा शुरु गरेको छ ।
काठमाडौं र ललितपुरका केही भागलाई समेटी दुइरुटमा सञ्चालन भएको बसमा शनिवार सर्वसाधरणलाई निशुल्क रुपमै सेवा दिइएको छ।
कलंकी, कालिमाटी, त्रिपुरेश्वर, नयाँ वानेश्वर, सिनामंगल हुदै एयरपोट र लगनखेल, जावलाखेल, त्रिपुरेश्वर, जमल, लैनचौर, टिचिङ अस्पताल, महाराजगन्ज हुदै नयाँ बसपार्क (गोंगोबु) दुई रुटमा बस सञ्चालन भएका हुन।
टिकट प्रणलीबाट कम्तीमा १५, १७ र २० साधारण भाडा र विद्याथी, अपाङ्ग, बद्धबृद्धालाई रु १० मा यात्रा गराउने साझाले जनाएको छ।
दुवै रुटमा साझाले १६ वटा यूरो(३ मापदण्डका बस सञ्चालन गरेको हो । राजनीतिक किचलो र निकम्मा व्यवस्थापनका कारण १२ वर्षअघि बन्द भएको साझा सर्वप्रथम सुरुवात भएको ५१ वर्ष पार गरिसकेको छ । शनिवार साझाको पुरानै कार्यालय ललितपुरको हरिहरभवनबाट बसहरु चल्न सुरु भए भने आधिकारिक रुपमा वैशाख १ देखि सेवा प्रदान गर्नेछ।
बस दैनिक विहान पाँच बजेदेखि राती ११ बजेसम्म चल्ने साझाले बताएको छ ।
Powered by Blogger.
साझा बस गुड्नु अगाडी सरकारका मुख्यसचिव यात्रु, मदनकृष्ण र हरिवंश खलासी
प्रकाशित मिति:
April 13, 2013