नेपाली ‘म्याराथन टक शो’ विश्व टेलिभिजन इतिहासमा रेकर्डब्रेक
गिनिज बुकमा विश्वकै सबैभन्दा लामोसमय सम्म अन्तवार्ता (टक शो) गर्ने अभिप्रायले विश्वको टेलिभिजन इतिहासमै पहिलो पटक नेपालमा न्यूज–२४ टेलिभिजनले सुरु गरेको ‘म्याराथन टक शो’ शनिबार राति ११ बजे सकिएको छ ।
चैत २९ गते बिहीबार बिहान १०:३६ बाट सुरु भएको ‘टक शो’ शनिबार राती १० बजेर ३६ मिनेट जाँदासम्म चलेको हो । कार्यक्रमका प्रस्तोता रवि लामिछानेले स्फूर्तिका साथ ‘टक शो’ सञ्चालन गरेका थिए ।
गौतम बुद्ध नेपालमै जन्मिएको र ‘अब विश्वले चिन्नेछ नेपाल’ भन्ने मूल सन्देश विश्वभर प्रवाह गर्ने उद्देश्यले न्यूज–२४ टेलिभिजनको आयोजनामा विश्व टेलिभिजन इतिहासकै लामो ‘म्याराथन टक शो’ आयोजना गरिएको हो ।
तर उक्त कार्यक्रम थप लम्ब्याउन प्रयास गरिने न्यूज–२४ का समाचार प्रमुख सुशील अर्यालले बताए ।
टक शोमा अन्तर्गत रेकर्डब्रेकको अवधिसम्म सय जना अथितिले अन्तरवार्ता दिइएको बताइएको छ ।
‘टक शो’ को सुपरिवेक्षण गर्न गिनिज बुक अफ वल्र्ड रेकर्डका अधिकारीको टोली शुक्रबार राति न्यूज–२४ टेलिभजिनको कार्यालय आएका थिए ।

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले न्यूज–२४ टेलिभिजनको कार्यालय पानीपोखरीमा दीप प्रज्वलन गरी अभियानको सुरुवात गरेका थिए भने बुद्ध जन्मस्थल लुम्बिनीमा म्याराथन धावक बैकुण्ठ मानन्धरले शान्तिदीप प्रज्वलन गरी अभियान सुरु गरेका थिए ।
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष दाहालको अन्तरवार्ताबाट सुरु भएको ‘म्याराथन टक शो’ आज राति ‘महजोडी’ अर्थात चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अन्तर्वाताबाट समापन गरिएको हो ।
बुद्ध जन्मस्थलबारे चलाइएका भ्रम चिर्दै नेपाललाई विश्व मानचित्रमा थप प्रचार गर्न सुरु गरिने ‘म्याराथन टक शो’ ले गिनिज बुकमा पनि कीर्तिमान राख्ने बताइएको छ ।
आयोजक न्यूज–२४ टेलिभिजनले सुरु गरेको यो अभियानअन्तर्गत दस लाख हस्ताक्षर सङ्कलन भइरहेको छ । देशका विभिन्न भागमा जारी हस्ताक्षर सङ्कलन दसलाख पुगेपछि संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनलाई बुझाइने छ ।
अभियानको व्यवस्थापन वेलकम इभेन्ट म्यानेजम्यान्टले गरेको हो ।
युक्रेनको टिभी–५ ले ५२ घण्टे डवल टक शोमार्फत गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड राखिसकेको छ । नेपालको यो टक शो विश्वकै पहिलो लामो एकल टक शो हो ।
विगतमा नेपाल टेलिभिजनको चलचित्रलगायतका कार्यक्रम सञ्चालन गरेका लामिछाने पछिल्लो समय १० वर्षदेखि अमेरिकाको बाल्टिमोर सहरमा बस्दै आएका थिए ।

प्रकाशित मिति:
April 13, 2013