नेपाल फर्किए प्रचण्ड
बैशाख १७ । चारदिने भारत भ्रमण पूरागरी एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज साँझ स्वदेश फर्किएका छन् ।
भारतमा रहँदा उनले भारतका विभिन्न राजनीतिज्ञहरुसँग भेटवार्ता गरेका थिए ।
भ्रमणको अन्तिम दिन अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहसंग महत्वपूर्ण भेटवार्ता गरेका थिए ।
प्रचण्डले आफ्नो भ्रमण मुलुकको प्रतिनिधित्व गर्दै भएको दाबी गरेपनि अन्य दलले दाहालको भ्रमण नितान्त व्यक्तिगत भएको भन्दै आएका छन् ।
प्रकाशित मिति:
April 30, 2013