भोला थापा क्षेत्री, दोहा - नेपाली जनसम्पर्क समिति, कतारको आसन्न तेस्रो अधिवेशन इस्लाम धर्मावलम्बीको पावन पर्व इदका अवसरमा गर्ने भएको छ ।
अधिवेशनलाई भव्य रुपमा सफल बनाउन कतारमा कार्यरत ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’प्रति आस्थावान् महानुभावहरू तथा विश्वभर छरिएर रहेका सबैलाई आयोजकले अनुरोध गरेको छ ।
साथै नेपाली जनसम्पर्क समिति कतारको साधारण क्रियाशील तथा आजीवन सदस्यता लिन इच्छुक महानुभावहरू सम्बन्धित विकास क्षेत्र संयोजकमार्फत सम्पर्क गर्न संस्थाका महामन्त्री करिम बक्स मियाँले जानकारी दिनुभयो ।
साथै कार्यक्रमबारे कुनै जानकारी दिनु परे वा सुझाबका लागि इमेल गर्नसकिने मियाँले जनाउनुभएको छ । यस्तै कार्यक्रमका लागि विकास क्षेत्र संयोजक मनोनयन गरिएको छ । जसअन्तर्गत पूर्वाञ्चलका लागि धीरज राई, मध्यमाञ्चलका लागि नुर हसन मिकरानी, पश्चिमाञ्चलका लागि टंक भट्टराई, मध्यपश्चिमाञ्चलका लागि अर्जुन खड्का रहेका छन् ।
Powered by Blogger.
नेपाली जनसम्पर्क समिति कतारको अधिवेशन इदमा गरिने
प्रकाशित मिति:
May 31, 2013