जेठ १० । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आगामी मङ्सिरभित्रै संविधानसभाको निर्वाचन गराउनका लागि सरकार प्रतिबद्ध रहेको दोहर्याएका छन् ।
रिपोर्टस क्लबले बिहरीबा बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष रेग्मीले निर्वाचन प्रयोजनकै लागि सरकार गठन भएकाले सो प्रयोजनका लागि आफू र आफू नेतृत्वको सरकार प्रतिबद्ध भएर लागेको बताए ।
अध्यक्ष रेग्मीले भने, “सरकार एकलव्य भएर निर्वाचनमा केन्द्रित भएको छ, नेपाली जनताको चाहनालाई तोकिएकै समयमा पूरा गर्नु हामी सबैको दायित्व हो , यो दायित्वलाई हामी पूरा गर्छौ, त्यसमा सहयोग गर्न सबैलाई आग्रह पनि गर्दछु ।”
निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित सम्पन्न गर्न आफू एकदमै आतुर रहेको बताउँदै अध्यक्ष रेग्मीले मुलुकलाई सही राजनीतिक दिशा दिनु वर्तमान सरकारको दायित्व भएको पनि बताए ।
निर्वाचनका लागि सबै राजनीतिक दल तथा समूहलाई सहयोग गर्न आग्रह गर्दै उनले नागरिकको मताधिकारलाई सुनिश्चित गर्दै भय रहित रुपमा निर्वाचन सम्पन्न गर्नु सबैको दायित्व हो भने ।
उनले भने, ‘हिजोको मूल्याङ्कन, आजको समीक्षा र भोलिको सुन्दर भविष्यको खोजीकालागि हामी सबैको योगदानको आवश्यकता छ ।’
Powered by Blogger.
अध्यक्ष रेग्मी भन्छन् - 'निर्वाचन तोकिएकै समयमा हुन्छ'
प्रकाशित मिति:
May 24, 2013