कानुन दिवसको कार्यक्रममा रेग्मीलाई अतिथि बनाइएपछि कानुन व्यवसायी गएनन्
वैशाख २६ - कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रममा खिलराज रेग्मीलाई अतिथि बनाएपछि कानुन व्यवसायीले कार्यक्रम बहिष्कार गरेका छन्।
अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई अतिथी बनाएपछि कानुन दिवसको कार्यक्रमलाई कानुन व्यवसायीले बहिष्कार गरेका हुन् । नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीले खिलराज रेग्मी उपस्थित कार्यक्रमलाई बहिष्कार गरेका हुन् । बार एसोसिएसन सम्बद्ध कानुन व्यवसायीले प्रधानन्याधीश रेग्मीलाई संविधान र कानुन विपरित मन्त्रीपरिषदको अध्यक्ष नियुक्त गरिएको प्रति विरोध जनाउँदै आएका छन् ।
नेपाल बार एसोसिएसन सम्बद्ध कानुन व्यवसायिले सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा रेग्मीलाई बोलाएर गलत गरेको ठहर गर्दै कार्यक्रम बहिष्कार गरेको बताएका छन् ।
प्रकाशित मिति:
May 09, 2013