जेठ ७ । विवाह गर्ने भनी एक युवतीलाई अपहरण गरेको अभियोगमा प्रहरीले एक युवकलाई पकाउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विरानगर–१४ बस्ने वस्ने २५ वर्षीय सुमितकुमार साहलगायत पाँच छ जनाको समूहले गत वैशाख २७ गते मोरङको बबियाबिर्ताबाट सर्लाहीको कमैया जाने क्रममा केवल रायमाझी र निजकी महिला साथीलाई विराटनगर–११ देवकोटा चोकवाट अपहरण गरी भारतको फार्बिसगन्ज, पूर्णिया लगी बन्धक बनाएको थियो ।
प्रहरीद्वारा खोजतलासका क्रममा विवाह गर्ने बहानामा विराटनगर ल्याइएको अवस्थामा विराटनगर–१४ बाट प्रहरीले पीडितलाई आज उद्धार गरिएको छ । अभियुक्त साहलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको छ ।
यसैबीच प्रहरीको विशेष टोलीले रोडशेष चोकबाट अवैधरूपमा भित्रिएको रु ५० हजार मूल्यभन्दा बढीको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–१८ मा रहेको प्रहरीको गस्ती टोलीले जाँच गर्ने क्रममा खाने तेल, नरिवल तेल, चिनी, सुर्ती (खैनी), भुजिया, पापडलगायत किराना सामान बरामद गरेको हो ।
Powered by Blogger.
विवाह गर्छु भनेर युवतीलाई अपहरण गर्ने पक्राउ
प्रकाशित मिति:
May 21, 2013