काठमाडौंको गोलढुङ्गाबाट भारी मात्रा गोली बरामद

मलको थुप्रोमा लुकाईराखेको अवस्थामा प्रहरीले तीन सय दुई राउण्ड गोली वरामद गरेको आज पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।
विशेष सुराकीको आधारमा प्रहरीले सर्च अभियान सञ्चालन गरी तीन सय दुई राउण्ड गोली, तीन थान म्यागजिन र आठ थान गोलीका खोका वरामद गरेको जनाइएको छ ।
प्रहरीले एसएलआरमा प्रयोग हुने गोली ४८ थान, ३ सय ३ राइफलमा लाग्ने गोली १८ थान र नाइन एमएमको गोली नौ थान बरामद गरेको पनि जनाएको छ ।
प्रहरीले आजै वैशाख ३० गते काठमाडौंको ज्ञानेश्वरमा विनोदकुमार अग्रवालको घरमा डकैती गर्ने ६ जनालाई समेत सार्वजनिक पनि गरेको छ ।
प्रकाशित मिति:
May 21, 2013