बाहिर नाराबाजी, तोडफोड र चक्काजाम, भित्र लोकमानको सपथ ग्रहण
बैशाख २५ । विभिन्न क्षेत्र, वर्ग, संघ संस्था, बुद्धिजिवि, नागरिक समाज, विद्यार्थी लगायतले कडा विरोध गरिरहेको अवस्थामा पनि राष्ट्रपति रामवरण यादवले विवादास्पद छवीका अख्तियारले नै यसअघि दोषी ठहर गरिसकेको पूर्व मुख्य सचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान अयोगकै प्रमुख आयुक्त पदमा नियुक्त गरेका छन् ।
बुधबार बिहान उनलाई राष्ट्रपतिले आफ्नै शितल निवासमा सपथ गराएका हुन् । राष्ट्रपतिसँग सपथग्रहणपछि शीतलनिवासबाट सिधै आयोगको कार्यालय नक्साल पुगेर उनले पद बहाली समेत गरे ।
तर राष्ट्रपतिले उनलाई सपथ खुवाईरहँदा उनकै विरोधमा सडकमा चक्काजाम, विरोध प्रदर्शन तथा ठाउँ ठाउँमा तोडफोड समेत भईरहेको थियो । उनकै विरोधमा भोलि १३ विद्यार्थी संगठनले उपत्यका बन्दको घोषणा समेत गरिसकेका छन् ।
करिब ७ वर्ष अघि सूर्यनाथ उपाध्यायले अवकाश पाएपछि रिक्त रहेको प्रमुख आयुक्तमा व्यापक विवादका विच कार्कीको नियुक्तिले सर्वसाधरणमा भने त्रास र शंका झनै बढाएर गएको छ । दलहरुले नै विवादस्पद र छविमा नै आँच आईसकेको व्यक्तिलाई भ्रष्टचार नियन्त्रण गर्ने निकायमा ल्याउनेले राजनीतिक वितृष्णा झनै बढेर जाने देखिएको छ ।
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र चार दलका शीर्ष नेताहरुबीच मंगलबार राति भएको बैठकपछि रातारात घट्नाक्रम विकास भएको हो । रातिको बैठमा एमाले र कांग्रेसले कार्कीको नियुक्तिको विषयमा पुर्नविचार गर्नु पर्ने भने पनि एमाओवादी र मधेसी मोर्चाले मानेको थिएन ।
आजको सपथ कार्यक्रममा भने राष्ट्रपति यादव, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सहितको उपस्थितिमा कामु प्रधानन्यायाधीश दामोदर शर्माले कार्कीलाई सपथ ग्रहण गराएका थिए ।
यता, यसअघि अख्यियारले नै ७२ लाख रुपैयाँबराबरको सुन तस्करी काण्डमा दोषी ठहराएका कार्कीलाई अख्तियारकै प्रमुखमा नियुक्त गरिएपछि चौतर्फी रुपमा राजनीतिक दल, नागरिक समाज, विद्यार्थी लगायतको आन्दोलन झनै चर्केर जाने भएको छ ।
कार्की २०६२/६३ को जनआन्दोलन दमनकर्ता मध्येका एक व्यक्तिका रुपमा चिनिन्छन् । पूर्वराजा ज्ञानेन्द्र शाहीकालिन अवस्थामा उनी मुख्य सचिव समेत भएका थिए । उनैलाई यसअघि अख्तियारले ७२ लाख रुपैयाँबराबरको सुन तस्करी काण्डमा दोषी ठराएको थियो ।
अख्तियारमा स्वच्छ छवि भएको मानिस मात्रै नियुक्त हुनुपर्ने संवैधानिक प्रावधान भएपनि उनी शक्तिकेन्द्रका आडमा अगाडी आएका हुन् । राजाका मान्छे भएपनि उनलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै सिफारिस गरेका थिए ।

प्रकाशित मिति:
May 08, 2013