जेठ १७ । द्वन्द्वपीडितलाई न्याय दिलाउन सहयोग पुर्याउने उद्देश्य राखी आयोजना गरिने गोष्ठी, अन्तरक्रिया लगायतका औपचारिक कार्यक्रम द्वन्द्व पीडितका लागि नै थप पीडादायक बन्न पुगेको छ ।
यहाँका सरकारी तथा गैरसरकारी निकायले पटकपटक आयोजना गर्ने कार्यक्रममा सहभागी बनाइएका बेपत्ता परिवारका सदस्य तथा द्वन्द्वपीडित यस्तै पीडाबाट गुज्रिनु पर्ने अवस्था सिर्जना हुने गरेको छ ।
सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका आफ्ना श्रीमान्, छोरा-छोरीलगायत परिवारका सदस्य फर्कने आश गरेकाहरू अहिले त्यस्ता कार्यक्रममा सञ्चारमाध्यम र सरोकारवालाका लागि आकर्षकको केन्द्रबिन्दुमा त रहन्छन्, तर उनीहरूको पीडामा मल्हम भने लाग्न सकेको पाइँदैन ।
“हामीले आँसु झारेपछि आयोजकको कार्यक्रम सफल हुन्छ, तर हामीले भने न्याय पाउन सकेका छैनौँ”, एक द्वन्द्वपीडित महिलाको रोदन थियो ।
कतिपय कार्यक्रममा आप्mनो पीडा पोख्ने क्रममा द्वन्द्व पीडितहरू बेहोस हुने, भक्कानो छाडेर रुने गर्दछन्, तर उनीहरूको यो अवस्था फोटो खिच्ने र समाचार लेख्नेका लागि राम्रो ‘खुराक’ मात्र हुने गरेको छ ।
केही समयअघि नेपालगन्जमा आयोजना गरिएको एक कार्यक्रममा आफ्नो पीडा पोखिरहँदा द्वन्द्वपीडित चन्द्रकला उप्रेती बेहोस भएपछि आयोजकले अस्पतालसम्म पु¥याएर आफ्नो जिम्मेवारी पूरा गरेको थियो ।
कार्यक्रममा सहभागी भएका द्वन्द्वपीडितले आयोजकलाई नै प्रश्न गर्छन् – द्वन्द्वपीडितका लागि भनी आयोजना गरिने कार्यक्रम हाम्रा लागि घाउ कोट्याउने ठाउँ मात्र किन बन्छ, के हाम्रो नियती कार्यक्रममा आएर तपाइँहरूका लागि ‘डलर’ कमाउने माध्यम मात्र बन्नु हो ?
द्वन्द्वपीडितले आफ्नो पीडा जति सुनाए पनि ‘द्वन्द्वपीडितको न्यायका लागि’ भनी गरिने त्यस्ता कार्यक्रम औपचारिकतामा मात्र सीमित हुने गरेको छ भन्दा दुईमत नहोला । किनभने, जबसम्म द्वन्द्वपीडितका लागि राज्य जिम्मेवार हँुदैन उनीहरूले अरुबाट सहयोग र न्याय पाउँछन् भन्ने अपेक्षा गर्नुपनि त्यति सान्दर्भिक हँुदैन ।
Powered by Blogger.
घाउ कोट्याउने काम मात्रै भयो : द्वन्द्वपीडित
प्रकाशित मिति:
May 31, 2013