सगरमाथा आरोहण गर्दागर्दै आरोही शेर्पाको ज्यान गयो
बैशाख २४ । सगरमाथा आरोहणका क्रममा रहेका लोप्साङ शेर्पाको मंगलबार तेस्रो आधारशिविर नजिक भएको हिमपहिरोमा परी निधन भएको छ ।
बिहान छ हजार पाँच सय किमिको दोस्रो आधारशिविरबाट उकालो लागेका शेर्पाको अपराह्न सात हजार किलोमिटरको उचाइमा भएको दुर्घटनामा परी मृत्यु भएको हो । सोलुखुम्बु दिङ्बोचेका शेर्पाको शव अहिले सगरमाथा आरोहणकै क्रममा रहेको नेपाली सेनाका मेजर सुनिलसिंह राठौर र सगरमाथा आरोही सङ्घका प्रथम उपाध्यक्ष काने शेर्पाको टोलीले दोस्रो आधारशिविरमा ल्याई हेलिप्याडमा राखेका छन् ।
सो सङ्घका महासचिव तथा नेपाल पर्वतारोहण सङ्घका सचिव दिवस पोखरेलका अनुसार शव मङ्गलबार काठमाडौंँ ल्याइनेछ । मृतक शेर्पा ‘सेभेन समिट ट्रेक्स एन्ड एक्सिडिसन’ का आरोही थिए ।

प्रकाशित मिति:
May 07, 2013