१५ वर्षिया किशोरीलाई बर्जस्ती बलात्कार गर्ने पक्राउ
बैशाख २४ । पन्ध्र वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा काठमाडौँ गोलढुङ्गा–४ शेषमती डेरा गरी बस्ने नुवाकोट जिल्ला विदुर नगरपालिका–४ बस्ने ५५ बर्षीय धर्मराज जमरकटेललाई प्रहरीले पक्राउ गरेको छ ।
निजले नुवाकोट जिल्ला बिदुर नगरपालिका–४ बस्ने ती बालिकालाई काठमाडौँ घुमाउन ल्याई बैशाख ५ गतेदेखि १७ गतेसम्म निजको डेरा कोठामा र अन्तिम पटक नुवाकोट जिल्ला ढुङगे भन्ने स्थानमा रहेको नाम खुल्न नसकेको गेष्ट हाउसमा लगेर जवरजस्ती करणी गरेको भनी पिडित पक्षले बैशाख २३ गते महानगरीय प्रहरी बृत्त बालाजुमा जाहेरी दिएका थिए ।
निजलाई प्रहरीले निजकै डेरा कोठाबाट पक्राउ गरी अन्य थप अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पठाइएको छ ।

प्रकाशित मिति:
May 07, 2013