सेना, प्रहरी, देशभक्त जनता र माओवादी मिलेर राष्ट्रियताको लडाइँ : विप्लब
बैशाख १८ । मजदुर दिवसका अवसरमा सम्बोधन गर्दै नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले सेना, प्रहरी, देशभक्त जनता र नेकपा माओवादी मिलेर राष्ट्रियताको लडाइँ लड्नुपर्ने बेला आएको औल्याएका छन् ।
एकसय चौबिसौ मे दिवसको अवसरमा माओवादी सम्वद्ध अखिल नेपाल टे«ड युनियन महासङ्घले बुधबार बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा सम्वोधन गर्दै सचिव चन्दले नेपालबाट विदेशीका दलालहरूलाई लखेट्न आवश्यक रहेको समेत उल्लेख गरे ।
कार्यक्रममा उनले देश गुमे माओवादीको मात्रै नगुम्ने भन्दै सेना, प्रहरी, जनता सबैको गुम्ने भएकाले अब हुने लडाइँ सेना, प्रहरी विरुद्ध नभएर यो देशमा रहेर विदेशीको लागि काम गर्ने राष्ट्रघातिहरूविरुद्धको लडाइँ हुने बताए ।
सरकारले आफ्ना माग पूरा नगरी बलजफ्ती निर्वाचन गराउन खोजेर शान्ति भाँड्न खोजेको आरोप लगाउँदै उनले सरकारले आफूहरूविरुद्ध दमन गरे त्यसको प्रतिरोध गरिने पनि बताए ।

राष्ट्रिय स्वाधिनताको रक्षा र जनतालाई अधिकार सम्पन्न गर्ने दुई माग आफ्नो पार्टीको भएको भन्दै उनले युद्ध नचाहने हो भने आफूले राखेको माग पुरा गर्न आग्रह गरे ।
सरकारले हतियार फिर्ता गर्न दिएको समयसीमाप्रति सङ्केत गर्दै उनले भने, “सरकारले माओवादीसँग भएको २२ वटा हतियार बुझाउ भनिरहेको छ । त्यति हतियारले के हुन्छ र त्यस्ता २२ वटा हतियार त यहाँ एउटै डनले राखेका छन् ।”
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य ईश्वरी दाहालले अब हुने अर्को क्रान्तिले मात्रै मजदुरका हकहित सुनिश्चित गर्ने बताए ।
मजदुर महासङ्घका संयोजक रामदीप आचार्यले २५ सुत्रीय माग पुरा गराउन अभियान सुरु गर्न लागिएको जानकारी दिँदै आफूहरूको सहमतिबिना गरिने कुनैपनि सम्झौता नमान्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा माओवादीको ३३ दलीय गठवन्धनमा आवद्ध पार्टी सम्वद्ध मजदुर नेताहरूले मई दिवसको शुभकामना दिँदै मन्तव्य राखेका थिए ।

प्रकाशित मिति:
May 01, 2013