नेपाल ८ विकेटले विजयी, ११ ओभरमै बर्मुडाको लक्ष्य भेट्टायो

जितका लागि कप्तान पारस खड्काले सर्वाधिक ४६ रन लिएका छन् । उनले २७ बलमा उक्त रन जोडेका हुन् ।
विश्वकप छनौट अन्तर्गत आईसिसी डिभिजन थ्रीमा बर्मुडाले नेपाललाई ५० ओभरको खेलमा ३८.२ ओभरमा समेटिदै १ सय ७ रनको सामान्य चुनौती पेस गरेको थियो ।
यसअघि अमेरिका र युगाण्डासँग निरिह बनेको नेपालले आज पहिलो तर सानदार जित हासिल गरेको हो ।
यसअघि टस जितेर फिल्ड रोजेको नेपालका लागि कप्तान पारस खड्काले ४ विकेट, बसन्त रेग्मीले ३ विकेट तथा सञ्जम रेग्मी १, चन्द्र साउद १ र शक्ति गौचनले समान १ विकेट पतन गराएका थिए ।
प्रकाशित मिति:
May 01, 2013