बैशाख १९ । सल्यान र रुकुमको सिमावर्ती खौला क्षेत्रअन्तर्गत दयाडाँडाका एक दर्जन परिवार पहिरोका कारण जोखिममा परेका छन् ।
पहिरो नियन्त्रणका बारेमा सम्बन्धित निकायले चासो नदिँदा पानी परेमा जुन बेला पनि गाउँ बगाउने डरले स्थानीयवासी त्रसित बनेका हुन् ।
पहिरोको जोखिममा पर्दा गाउँ छोड्नुपर्ने अवस्था भएपनि आर्थिक अभावका कारण बाहिर जान नसक्दा आफूहरू जोखिमै मोलेर बस्न बाध्य भएको स्थानीय कर्णबहादुर वलीले बताए ।
गत वर्ष वर्षातको समयमा चारैतिरबाट गएको र एक हप्ताअघिको वर्षाका कारण पहिरो थपिएपछि गाउलेहरू सङ्कटमा परेका छन् ।
पहिरोका कारण स्थानीय कर्णबहादुर वली, जयराम वली, प्रेम वलीलगायतका परिवार चिन्तित बनेका छन् ।
पहिरो बढ्दै जाँदा उनीहरू राति सुत्दा पालो कुर्न बाध्य भएका छन् । त्रसित गाउलेले बस्ती सार्न सम्बन्धित निकायसमक्ष आग्रह गरेका छन् ।
“आर्थिक अवस्था कमजोर हँुदा घर छाडन सकेका छैनौ । बस्ती नजिकै पाच–छ ठाउमा पहिरो जादा सम्बन्धित निकाय समक्ष पुगेर तारजाली मागेका थियौ । कसैले चासो देखाएनन ।” पीडितले भने ।
Powered by Blogger.
पहिरो जाने डरले रातभर जाग्राम
प्रकाशित मिति:
May 01, 2013