पाडोले मकै खाएको निहुँमा वृद्धाको हत्या

घटना विवरणअनुसार सो ठाउँमा बस्ने ५५ वर्षीय वेदहरि दाहालको पाडोले सोही ठाउँ बस्ने ५७ वर्षीया पार्वती अधिकारीको बारीको मकै पाडोेले खाइदिएपछि दुवै पक्षबीच झगडा भएको थियो ।
झगडाकै क्रममा पार्वतीले दाहाललाई तथानाम गाली गरेपछि दाहालले दाउराको चिर्पटले पार्वतीको टाउकामा हिर्काएको थियो ।
सख्त घाइते पार्वतीको मणिपाल अस्पतालमा उपचारका क्रममा अपराह्न ४ बजेतिर मृत्यु भएको थियो । प्रहरीले हत्या गरेको अभियोगमा दाहाललाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति:
May 03, 2013