पूर्वसभाषद हत्या प्रकरणः गृहमन्त्री घटनास्थलमा

हत्याराको पहिचान गरी कारबाहीको प्रतिवद्धता गृहमन्त्रीले जनाए मात्र लगातारको बन्द फिर्ता लिने अडान लिएपछि गृहमन्त्री त्यहाँ पुगेका हुन् ।
यसअघि हिजो गृहमन्त्री त्यहाँ पुग्ने बताइएपनि नपुगे पछि आन्दोलनरत स्थानीय झन आक्रोशित बनेका थिए ।
गृहमन्त्री सप्तरीमा पुगेकाले उनले हत्यारालाई कारबाहीको प्रतिबद्धता जनाएपछि लगातारको बन्द भने खुल्ने भएको छ ।
सोमबार राती धारिलो हतियार प्रयोग गरी हत्या गरिएका पूर्व सभाषद सदरुल मियाँ हकको हत्यारा अझै पनि पत्ता लागेको छैन । प्रहरीले भने हत्यारा पत्ता लाग्न लागेको बताएको छ।
यसअघि धरानबाट लगिएको तालिम प्राप्त कुकुरले प्रहरी चौकीमै निशाना लगाएपछि स्थानीयले हत्यामा प्रहरीको पनि संलग्नता हुन सक्ने भन्दै आशंका व्यक्त गर्दै आएका छन् ।
प्रकाशित मिति:
May 24, 2013