सुनको भाउ प्रतितोला १ हजार ६ सयले वृद्धि
जेठ ७ । केही समयदेखि लगातार ओरालो लागेको सुनको मूल्य मंगलबार भने प्रतितोला १६ सयले वृद्धि भएको छ ।
हिजो नेपाली बजारमा सुनको मूल्य घटेर २ वर्षयताकै कम मूल्य ४८ हजार ७ सयमा झरेको थियो भने आज प्रतितोला १ हजार ६ सयले वृद्धि भएर प्रतितोला ५० हजार ३ सय रुपैयाँ पुगेको छ ।
२०६८ को मंसिरमा सुनको भाउ वृद्धि भएर ६१ हजार ८ सय ५० रुपैयाँ सम्म पुग्दै अधिकतम मूल्य कायम भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको उचारचढावका कारण नेपाली बजारमा पनि सुनको मूल्य अस्थिर बनेको हो ।
प्रकाशित मिति:
May 21, 2013