युएईका राजकुमार सर्वोच्च शिखर सगरमाथाको टुप्पो नजिकै
जेठ ७ - युएईका राजकुमार शेख मोहम्मद अब्दुल्लाह मोहदल थानी नेपालको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा आरोहणको अन्तिमा चरणमा पुगेका छन् ।
सफल आरोहण पछि मात्र सार्वजनिक रुपमा थाहा दिने भनेर आरोहणको पुर्वसन्ध्यामा सार्वजनिक नगरीएको बताईएको छ । अहिले उनी सगरमाथा आरोहणका क्रममा रहेका छन् ।
आफ्नो पहिचान लुकाउँदै युएईका राजकुमार समय र स्वास्थले साथ दिए बुधबारसम्ममा सगरमाथाकोशिखरमा मा पुग्ने सम्भावना रहेको छ । राजकुमार शेख मोहम्मद अब्दुल्लाह मोहदलसँग आएका २४ जनामध्ये १५ जनाको पहिलो टोलीले शनिबार नै चुचुरोमा पाइला टेकिसकेको छ भने बाँकी नौ जना बुधबार त्यहाँ पुग्ने संभावना रहेको आरोहण टोलीका सदस्यले बताएका छन ।
.राजकुमार शेख अहिले ८ हजार मिटरको उचाईमा रहेको र मौसमले साथदिए बुधबारसम्ममा उनी सगरमाथाको चुचुरोमा पाइला टेक्ने छन । लामो समय देखि सगरमाथाको आरोहण गर्ने इच्छा भए पनि यस पाली उनको सपना साकार हुन लागेको हो । यस अघि पनि उनी नेपालको आधार शिविर सम्म पुगेका थिए । युएईको शारजहाको गल्फ तथा सुटिङ क्लबका प्रबन्ध निर्देशक समेत रहेका उनी पर्वतारोहणमा बढी रुचि राख्ने राजकुमार मानिन्छन ।
उनले अमेरिकाको एन्डिज पर्वत श्रृंखलाको अकानगग ९६९६२ मिटर सफल अनरोहण गरि सकेका छन् । उनी सगरमाथाको शिखरमा पुग्न निकै कम समय बाँकि भएपनि निकै उत्साहित भएको उनले बताएका छन ।
प्रकाशित मिति:
May 21, 2013