महिला मञ्च बेल्जियमको अधिवेशनको तयारी अन्तिम चरणमा

२केही दिन अगाडी नेपाली प्रगतिशील महिला मञ्च, बेल्जियमको अधिवेशन आयोजक समितिको बैठकद्धारा वीर शहिद प्रति १ मिनेट मौनधारणा व्यक्त गर्दै विभिन्न प्रस्तावमा छलफल गरि सम्पन्न भएको छ । उक्त वैठकले मञ्चको आगामी २५ मे २०१३ शनिवारका दिन आन्तवयरपेन शहरमा अधिबेशन भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
उक्त ऐतिहासिक अधिवेशन भव्य रुपमा सम्पन्न गर्न निम्नानुसारका क्षेत्रगत रुपमा तथा उपसमिति गठन गरिएका छन जसमा क) व्यावस्थापन समिति ख) आर्थिक समिति ग) प्रचार प्रसार समिति घ) सांस्कृतिक समिति ङ) प्रतिवेदन तथा विधान मस्यौदा समिति रहेका छन् । उतm कार्यक्रममा उपस्थिति तथा सहभागी हुनका लागि बेल्जियम स्थित सबै संघ संस्था तथा समस्त बेल्जियमबासी नेपाली समुदायलाई आयोजक समितिले आह्वान गरेको छ ।
यस अघि मेई २६ का दिन अधिवेशन गर्ने समाचार प्रकाशित भएको भएता पनि प्राविधिक कारणले (१ दिन अगाडि सारेर) २५ मेइ शनिवारका दिन १२:३० बजे,Turnhoutsbhaan-110, 2140, Antwerpen मा अधिवेशन सम्पन्न गर्ने जनाएको छ ।
प्रकाशित मिति:
May 14, 2013