जेठ ४, रासस । अबको ५० लाख वर्षपछि अर्थात् विस. ४९, ५२, ०७० को संसारिक जीवनको कल्पना गरेर स्वागत नेपालद्वारा लिखित उपन्यास ‘जिगोलो’ सार्वजनिक गरिएको छ ।
पुरूषको वेश्यावृत्ति विषयमा केन्द्रित सो पुस्तकको लेखक नेपाल, चलचित्र निर्देशक रोहित श्रेष्ठ र प्रकाशक बिएन पुस्तक संसारका निर्देशक विष्णुकुमार पौडेलले संयुक्त रूपमा विमोचन गरे ।
झट्ट सुन्दा यौनसाहित्य मानिए पनि यो पुस्तक त्यस्तो नभएको र विश्वमा पुरुषको वाई क्रोमोजनको जीन क्रमशः घट्दै गएको वैज्ञानिक अध्ययनले देखाएकाले पुरुषवेश्याको आवश्यकता पर्ने लेखक नेपालले बताए ।
अस्ट्रेलियाली वैज्ञानिक डा जेनी ग्रेभ्सले तीन सय लाख वर्षअघि पुरुषमा हुने वाई क्रोमोजनमा १४ सय जीन रहेकामा क्रमशः घट्दै आएर अहिले ४५ वटा मात्रै रहेकाले अबको ५० लाख वर्षपछिको संसारमा पुरुष जातिको अन्त्य हुने तथ्य पत्ता लगाएको पुस्तकमा उल्लेख छ ।
प्रकाशक पौडेलले पुस्तक यौन साहित्यमा आधारित नभई नयाँ तथ्यमा आधारित भएको बरु लेखकले आगामी भविष्यको समाजलाई विद्यमान राजनीतिक विकृति तथा वेश्यावृत्तिका पक्षमा पनि केन्द्रीय भएको बताए ।्
विमोचित पुस्तक प्रयोगमूलक भएकाले यसलाई चलचित्रमा उतार्ने तयारी भएको निर्देशक रोहित श्रेष्ठले जानकारी दिए ।
Powered by Blogger.
पुरुषवेश्यामा आधारित ‘जिगोलो’ बजारमा
प्रकाशित मिति:
May 18, 2013