पेरिसडाँडामा रेखाको लालसलाम

रेखालाई पाटीमा प्रवेश गराउँदा जनताले भोट हाल्लान् कि भन्ने आशा प्रचण्डमा रहेको र आफूलाई सिट दिए ठिकै होला भनेर रेखा राजनीतितिर लागेकी हुन् ।
पार्टी कार्यालय पेरसि डाँडामा आयोजित समारोहमा उनले प्रचण्डको हातबाट टिका माला लगाएर लालसलाम गरेकी थिइन् ।
नेपाली सिने क्षेत्रमा नाम कहलाईसकेकी रेखाको पार्टी प्रवेशको विषयलाई भने विभिन्न ढंगले टीका टिप्पणी गरिएको छ । उनलाई संविधानसभाको चुनावमा सिट दिने प्रलोभनका साथ उनी पार्टीको झण्डातिर ओत लाग्न गएको समेत भनिएको छ ।
यता, रेखासँगै आज नेकपा एमालेका पोलिटब्युरो सदस्य उर्मिला अर्याल पनि एमाओवादी प्रवेश गरेकी छन् ।
प्रकाशित मिति:
May 18, 2013