चितुवाले चिथोर्दा राष्ट्रपति इयान घाइते
बैशाख १९ । अफ्रिकी देश बोत्सवानाका राष्ट्रपति इयान खामालाई अनुहारमा चितुवाले चिथोरेको छ ।
चितुवाले उनलाई अनुहार चिथोरेको थियो । उक्त ठाउँमा टाँका लगाउनु परेको छ ।
एक आर्मी ब्यारेकमा रहेको आवास गृहमा रहेको चितुवालाई खाना खुवाईरहेको हेरिरहेका अवस्थामा राष्ट्रपतिलाई चितुवाले आक्रमण गरेको अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घटनापछि एक बैठकमा राष्ट्रपति खामा अनुहारभरी पट्टी लगाएको अवस्था सहभागी भएका थिए ।
उक्त आक्रमणलाई सरकारका प्रवक्ताले भने दुर्घटनाका रुप भएको प्रतिक्रिया दिएका छन् । चितुवाले राष्ट्रपतिलाई आक्रमण गर्दा अचानक आक्रमण गर्दा अंग रक्षकहरुले समेत सुरक्षा दिन नसकेको बताइएको छ ।
प्रकाशित मिति:
May 02, 2013