सुत्केरी हुन नसकेर मृत्यु
बैशाख १९ । बाजुरा बाह्रबिस गाविसकी शोभा नेपालीको सुत्केरी हुन नसकेर जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ ।
बाह्रबिस गाविस स्थायी बसोवास गर्ने १८ वर्षीया शोभा नेपालीको बच्चा जन्माउन नसकेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
सुत्केरी व्यथा लागेपछि उनलाई जिल्ला अस्पताल मङ्गलशैनमा उपचारका लागि लगिएको थियो ।
उमेर नपुगी विवाह गरेकाले यस्तो अवस्था आएको जिल्ला अस्पताल अछामलाई उद्धृत गर्दै बाह्रबिसबाट तपेश रावलले जानकारी दिए ।
प्रकाशित मिति:
May 02, 2013