जेठ १४ । पटक-पटक नेपाली आकाशमा दुर्घटनाको समाचार बनिरहेको नेपाली हवाई यात्राकै क्रममा युरोपेली मुलुकको आकाशमा भने नेपाली जहाजहरुलाई उड्न प्रतिबन्ध लगाउने चेतावनी आएको छ ।
युरोपेली संघले दुई महिनाअघि पठाएको पत्रको जवाफ चित्त नबुझे भन्दै यस्तो चेतावनी दिएको हो । उसको चेतावनी पत्रमा नेपाली जहाज धेरै दुर्घटनामा पर्दै आएकाले युरोपको आकाशमा उड्ने अनुमति दिन समस्या रहेको उल्लेख छ ।
पर्यटन मन्त्रालय र हवाई क्षेत्र अनुगमन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण समेतलाई पठाएको पत्रमा सरकार प्रमुख तथा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको ध्यानाकर्षण गराउँदै गत वैशाख २३ मा उक्त चेतावनी पत्र पठाएको आजको अन्नपूर्ण दैनिकले उल्लेख गरेको छ ।
संघले नेपाली हवाई उड्डयन यति धेरै असुरक्षित हुनुको चित्तबुझ्दो जवाफ माग गर्दै नेपालको हवाई उडानमा बढेको असुरक्षाबारे सन्तुष्ट पार्न सक्नुभएन भने संघको हवाई सुरक्षा कमिटीमा प्रतिबन्ध लगाउनेबारे प्रस्ताव गरिनेछ भनि उल्लेख गरिएको छ ।
नेपाली जहाजलाई युरोपमा प्रतिबन्ध लगाउने चेतावनी दिएपछि सरकारले प्रतिवादका लागि एउटा उच्चस्तरीय टोली संघको मुख्यालय ब्रसेल्स पठाउने निर्णय गरेको बताइएको छ ।
Powered by Blogger.
नेपाली विमानलाई युरोपेली मुलुकको आकाशमा उड्न प्रतिबन्धको चेतावनी
प्रकाशित मिति:
May 28, 2013