गर्भपतन गर्दा छोरा देखिएपछि लिंग काटेर छोरी बनाउने विरुद्ध मुद्धा दर्ता भएन
जेठ १४ । छोरी भनेर गर्भपतन गराउँदा अन्तिममा छोरो देखिएपछि लिंग काटेर छोरी बनाउने डाक्टरका विरुद्ध मुद्धा दर्ता गर्न जाँदा प्रहरीले मुद्धा नै दर्ता गर्न नमानेपछि सम्बन्धित पक्ष अचम्ममा परेका छन् ।
गैर कानुनी रुपमा गर्वपतन गराउने जनकपुर प्रसुति क्लिनिककी डा. नीलम चौधरीविरुद्ध उजुरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले नमानेको हो ।
डा. चौधरीले छोरी भएको भन्दै गर्भपतन गराएकी थिइन् । तर, गर्भपतन गराउँदा छोरा देखिएपछि उनले लिंग काटेर छोरी भएको दाबी गरेकी थिइन् ।
कानुनले निर्धारण गरेको भन्दा बढी समयको गर्भपतन गराएको भन्दै महिला अधिकारकर्मीहरुले भने त्यसको कडा विरोध गरेका छन् ।
प्रकाशित मिति:
May 28, 2013