भाषा पास गरेका पनि कोरिया जान नपाउने
असार ४ । रोजगारीका लागि राम्रो गन्तव्य मानिएको कोरियाका लागि भाषा उत्तिर्ण गरेर बसेकाहरु पनि अब कोरिया जान नपाउने भएका छन् ।
रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत कोरीयन भाषा परिक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका अधिकांश कामदार रोजगारीका लागि कोरीया जान नपाउने भएका हुन् ।
भाषा पास गरेर ईपिएसको रोस्टरमा रहेका उनीहरुको नाम आगामी डिसेम्बरदेखि हट्ने भएकोले उनीहरु कोरिया जान नपाउने भएका हुन् । जो सन् २०११ मा सञ्चालित परीक्षामा भाषा परीक्षामा उत्तिर्ण भएर कोरिया जानका लागि पर्खेर बसेका थिए ।
अहिले ६ हजार भन्दा बढी नेपाली कामदार रोजगारीका लागि ईपिएसको रोस्टरमा छन् ईपिएसले सन् २०१३ का लागि करिब ९ हजारको रोस्टर तयार भएको थियो। त्यसमध्ये सन् २०१३ सुरू भएछि अहिलेसमम ३ हजार कामदारको मात्र श्रम करार आएको ईपिएसले जनाएको छ। श्रम करार आएका मध्ये २ हजार नेपाली कामदार रोजगारीका लागि कोरीया गईसकेका छन्। तर, अझै ६ हजारभन्दा बढी रोस्टरमा छन् ।
प्रकाशित मिति:
June 18, 2013