थ्रेसहोल्ड निर्वाचनको लागि आवश्यक शर्त हैन: प्रचण्ड
जेठ, २९ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले थ्रेसहोल्ड बारे बखेडा झिकेर समय खर्च नगर्न आग्रह गरेका छन् ।
झापाको लखनपुर पुगेका दाहालले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले थ्रेसहोल्डको नाममा बखेडा नझिक्न आग्रह गर्दै यसको बारेमा सरकारले जे निर्णय गरेपनि मान्य हुने बताएका छन् ।
निर्वाचनको लागि थ्रेसहोल्ड अनिवार्य शर्त नभएकाले यसमा अल्झिन आवश्यक नभएको बताउँदै यसको बारेमा सरकारले गर्ने निर्णय आफूहरुलाई मान्य हुने बताएका हुन् ।
उक्त भेटमा दाहालले सरकारले अब चाँडै निर्वाचन मिति घोषणा गर्ने बताउँदै मंसिरको दोस्रो साताभित्रै निर्वाचन हुने दावी गरेका छन् ।
नेकपा एमालेले नयाँ संविधानसभा चुनावमा समानुपातिक प्रतिनिधित्वका लागि थ्रेसहोल्ड व्यवस्था राख्नुपर्ने अडान नछाड्ने भएको छ।
प्रकाशित मिति:
June 12, 2013