जेठ २८ । प्रमुख चार राजनीतिक शक्तिका नेताले निर्वाचन प्रक्रियाका विरोधमा रहेका राजनीतिक दलसँग ‘छलफल नगरी एकलौटी ढङ्गले निर्वाचन कानुन निर्माण गर्न सरकारलाई सिफारिस गरेकामा’ नेकपा–माओवादीले विरोध गरेको छ ।
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले आज साँझ विज्ञप्ति प्रकाशन गरी गत फागुन ३० मा भएको एघारबुँदे राजनीतिक सहमति र पच्चिसबुँदे बाधा अड्काउ फुकाउ आदेश खारेज नगरी निर्वाचन प्रक्रिया अगाडि बढाउनु मुलुकलाई अर्को द्वन्द्वमा लैजाने खेल भएको जनाएका छन् ।
आन्दोलनरत ३३ दलसम्बद्ध मोर्चासँग राजनीतिक सहमतिका आधारमा मुलुकको राजनीतिक सङ्कटको समाधान खोज्नुपर्नेमा ‘एकलौटी ढङ्गले निर्वाचन कानुन जारी गर्न खोज्नु र निर्वाचनको मिति घोषणा गर्न खोज्नु’ गलत भएको विज्ञप्तिमा जनाइएको छ ।
सर्वदलीय र सर्वपक्षीय राजनीतिक राजनीतिक सम्वाद र सहमतिबिना निर्वाचन विधेयक, निर्माण, निर्वाचनको मिति घोषणालगायत कुनै पनि काम अगाडि नबढाउन आग्रह गरिएको छ ।
Powered by Blogger.
एकलौटी ढङ्गले निर्वाचन कानुन निर्माण नगर्न माओवादीको आग्रह
प्रकाशित मिति:
June 11, 2013