ताइवानका पूर्व राष्ट्रपतिद्धारा शौचालयमा आत्महत्याको प्रयास
जेठ २० । ताइवानका पूर्व राष्ट्रपतिले शौचालयमा आत्महत्याको प्रयास गरेका छन् ।
ताइचुङ्ग जेलमा सजायँ काटिरहेका पूर्व राष्ट्रपति चेन सुइ बियानले शौचालयमा टावलको मद्दतमा आत्महत्याको प्रयास गरेको स्थानीय प्रहरी अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
६२ वर्षका चेनले आत्महत्या गर्न लाग्दा जेलका कर्मचारीहरुले रोकेको बताइएको छ ।
चेनले आफूमाथि लगाइएको भ्रष्टाचारको आरोपविरुद्ध आत्महत्या गर्न खोजेको बताएको पनि एजेन्सीहरुले उल्लेख गरेका छन् ।
सन् २००० देखि २००८ सम्म राष्ट्रपति रहेका चेन भ्रष्टाचारको मुद्दामा सन् २००९ देखि जेल सजाय भोग्दै आएका छन् ।
प्रकाशित मिति:
June 03, 2013