जेठ २० । राजधानीमा अवस्थित रेडियो रिजाजका पत्रकार तथा कर्मचारीले चार महिनासम्म तलब नपाएपछि प्रमुख कार्यकारी अधिकृत कुमार भट्टराई र लेखा प्रमुख सुजन अधिकारीलाई कार्यकक्षमै थुनेर तालाबन्दी गरेका छन् ।
दरबारमार्गस्थित कार्यालाय रहेको उक्त रेडियोमा १९ जना कर्मचारी तथा पत्रकार कार्यरत रहेकोमा १७ जनाले तलव नपाएको भन्दै विज्ञप्ती समेत निकाली एफएममा तालावन्दी गरेको हाम्रा कुरा डटकमले विज्ञप्ति सहित समाचार लेखेको छ ।
पत्रकार तथा कर्मचारीले रेडियोमा सोमबार तीन बजेदेखि रेडियोमा तालाबन्दी गरेका हुन् ।
पत्रकार तथा कर्मचारी नै आन्दोलनमा उत्रिएपछि रेडियामो भने नियमित कार्यक्रम बज्न छाडेका छन् । रेडियामा गीतहरु भने बजिरहेका छन् ।
उक्त रेडियोको अध्यक्ष भने पूर्व राजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंह हुन् ।
पछिल्लो पटक मिडियामा काम गर्नेले तलब नपाउँदा पत्रकारहरु आन्दोलित हुँदै आएका छन् ।
Powered by Blogger.
तलब नदिएपछि हाकिमलाई कार्यकक्षमै थुनेर राजधानीको रेडियोमा तालाबन्दी
प्रकाशित मिति:
June 03, 2013