खुकुरी प्रहार गरी श्रीमतीको हत्या तीन छोराछोरी गम्भीर घाईते
जेठ २८ । रुकुमको नुवाकोट गाविस–८ नाख्लाका ४२ वर्षीय भीमलाल ओलीले गएराति आफ्नै ४२ वर्षीया श्रीमती पवित्रा केसी ओलीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

राति १ बजे सुतिरहेको समयमा श्रीमतीको हत्या गरी दुई छोरा र एक छोरीलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते हुनेमा १० वर्षीय प्रेम, १५ वर्षीय तुलसीराम र १८ वर्षीया छोरी विमला रहेका छन् ।
घाइतेहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये दुई छोराको अवस्था गम्भीर रहेको छ । उनीहरूको टाउको र घाँटीमा खुकुरीको गहिरो चोट लागेको छ । घटनापश्चात् हत्याका आरोपी फरार रहेको र उनको खोजी भइरहेको छ ।
प्रकाशित मिति:
June 11, 2013