डाकालाई छ वर्ष कैद, फैसला सुन्नासाथ एक फरार
जेठ २२ । गाई, गोरुका एक व्यापारीलाई बन्दुक देखाई लुटपाट गर्ने तीन जनालाई सप्तरी जिल्ला अदालतले मंगलबार छ वर्ष कैदको फैसला सुनाएको छ ।
न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले मल्हनमा गाविस–९ का रामकृष्ण चौधरी, ज्ञानेन्द्र चौधरी र विनोद ठाकुरलाई डाँका मुद्दामा सो फैसला सुनाएको हो ।
फैसला सुन्नासाथ साधारण तारेखमा रहेका विनोद ठाकुर अदालतबाटै फरार भएका छन् । २०६९ वैशाख २२ गते गिरफ्तारीमा परेका रामकृष्ण र ज्ञानेन्द्र भने पुर्पक्षका लागि थुनामै रहेका थिए ।
अर्का एक आरोपी सोही ठाउँका राकेश चौधरी हालसम्म फरार नै रहेका छन् । जिल्ला अदालतले अभियुक्तलाई रु ६५ हजार बिगोको डेढी बढाई जरीवाना र पीडितलाई बिगो फिर्ता गर्ने ठहर गरेर छ वर्ष कैद फैसला गरेको तहसिलदार रामाकान्त यादवले जानकारी दिए ।
प्रकाशित मिति:
June 05, 2013