प्रहरी र पूर्व कमलरीबीच झडप हुदा पाँच घाइते
जेठ २३ । प्रहरी र पूर्व कमलरीबीच कञ्चनपुरको सुडामा बुधबार झडप हुदा पाँचजना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको आँखामा गम्भीर चोट लागेको छ ।
पूर्व पश्चिम राजमार्गको सुडामा कमलरीले सवारीसाधनमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको हो ।
झडपमा १४ वर्षीया बतासु रानाको आँखामा प्रहरीको लाठी लागेर चोट लागेको छ । उनको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
दाङकी सिर्जना चौधरी र मेघी चौधरीको मृत्युबारे छानविन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, पीडितलाई क्षतिपूर्ति दिनुपर्ने, कमलरीमाथि भइरहेको शोषण अन्त गर्नुपर्ने यलगायतका सातबुँदे माग राखेर कमलरीले दोस्रो दिन पनि अनिश्चितकालीन बन्दलाई निरन्तरता दिएका छन् । रासस
प्रकाशित मिति:
June 06, 2013