ट्याक्टर दुर्घटनामा २ को मृत्यु, १२ जना घाइते
जेठ २३ । दाङको लक्ष्मीपुर १ स्थित मसाटेमा आज बिहान एक ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
लु १ त ८१९२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा अर्घाखाँची जलुकेका ऋषिराम मगर र दाङ चौलाहीका राम बहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको अहिले उद्धार गरी उपचारार्थ स्थानीय अस्पताल लैजाने कार्य भईरहेको छ ।
प्रकाशित मिति:
June 06, 2013