जेठ २३ । वर्षासँगै आएको पहिरोले गएराति घर बगाउँदा ताप्लेजुङको थुकिमा-६ मा ७ जनाको ज्यान गएको छ ।
थुकिम्बा ६ मा बुधबार राति गएको पहिरोले दुई घर बगाउँदा तीन परिवारका ७ जनाको मृत्यू भएको हो भने ४ जना अझै बेपत्ता रहेको बताइएको छ ।
पहिरोका कारण अस्टबहादुर सिवा, सलमान सिवा र तेजमान सिवाको परीवारलाई बगाएको ताप्लेजुङका प्रहरी प्रमुख गोविन्दप्रसाद आचार्यले जानकारी दिएका छन् ।
उनले अहिलेसम्म ७ जनाको शव फेला परेको र अन्य ४ जना बेपत्ता रहेको बताएका छन् ।
पहिरोमा परी मृत्यू हुनेमा ४० वर्षका सलमान सिवा, उनकी श्रीमती ३६ वर्षकी मनमाया सिवा, छोरा नासीराम सिवा र खगेन्द्र सिवा, ६९ वर्षका अष्टबहादुर सिवाकी नाम खुल्न नसकेकि ६० वर्षकी श्रीमती, तेजमान सिवाकी १० वर्षकी छोरी नैना सिवा रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा बेपत्ताहरुको खोजीका लागि प्रहरी तथा स्थानीयबासिन्दा जुटिरहेका छन् भने सदरमुकामबाट नेपाली सेना र शसस्त्र प्रहरीको टोलि पनि त्यसतर्फ गएको छ ।
Powered by Blogger.
वर्षापछिको पहिरोले घर बगाउँदा ७ को मृत्यु, ४ जना अझै बेपत्ता
प्रकाशित मिति:
June 06, 2013