जेठ २६, रासस । स्याङ्जाको चित्रेभञ्ज्याङ गाविस–५ की साढे तीन वर्षीय बलात्कृत बालिकाको योनीमा सङ्क्रमण देखिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सोमेन्द्रसिं राठौरका अनुसार बालिकाको योनीमा समस्या देखिएको बालिकाकी आमाले बताएपछि बालिकालाई उपचार गर्न प्रहरीको साथमा जिल्ला अस्पताल स्याङ्जा पठाइएको हो ।
“बलात्कृत बालिकाको योनीमा पूरै सङ्क्रमण देखिएको छ”–जिल्ला अस्पताल स्याङ्जाका मेडिकल सुपरिटेन्डेन्ट डा नारायण ओझाले भने,“योनी च्यातिएकोले त्यो समस्या देखिएको हो ।”
“छोरी बलात्कृत भएपछि त्यसको खोजी र कानुनी उपचारतर्फ लाग्यौं”–बालिकाकी आमाले भनिन्, “तत्काल उपचारका लागि लैजान पैसा पनि भएन, उपचार ढिलो हुँदा समस्या देखियो ।” बालिकालाई जिल्ला अस्पतालमा उपचारपछि घर पठाइएको प्रहरी प्रमुख राठौरले बताए । उनले भने, “एक सातापछि पुनः उपचारका लागि ल्याउन भनेर घर पठाएका छौं ।”
बालिकालाई चित्रेभञ्ज्याङ ५ का ४३ वर्षीय कृष्णबहादुर मानन्धरले गएको जेठ ६ गते बलात्कार गरेका थिए । मानन्धर अहिले प्रहरी हिरासतमा रहेका छन् ।
Powered by Blogger.
बलात्कृत बालिकाको योनीमा सङ्क्रमण
प्रकाशित मिति:
June 08, 2013