कतारमा सवारी दुर्घटना, तीन नेपालीको मृत्यु, १३ जना अन्य नेपाली पनि घाइते

काम सकेर बस्ने ठाउँ फर्कने क्रममा मंगलबार साँझ स्थानीय समय अनुसार ४:३० मा माईक्रो भ्यानको टायर पड्किएपछि गाडी नियन्त्रण बाहिर गएर पल्टिएको थियो ।
स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार मृत्यु हुनेमा कृष्णराज वंशी, पशपल धमाला र बृजनाथ पण्डित छन् । खबर अनुसार घाइतेहरुलाई हमाद अस्पतालमा राखिएको छ । त्यसमध्ये ६ जनालाई डिस्चार्ज गरिएको छ ।
प्रकाशित मिति:
June 20, 2013