नेपाली सेनाका दुई जवानमाथि गोली हानी हत्याको प्रयास, अवस्था गम्भीर
असार २ । महोत्तरीमा नेपाली सेनाका दुई जवानमाथि गोली प्रहार भएको छ ।
सेनामा भर्ती भइ तालिम सकेर घर फर्केका दुई जनालाई महोत्तरीको मनरामा हतियारधारी एक समूहले गोली हानी हत्या प्रयास गरेका हुन् ।
आज बिहान भएको गोली प्रहारबाट विदामा घर आएका नेपाली सेनाका २३ वर्षीय विकास सिंह र २८ वर्षीय शैलेन्द्र मण्डल घाइते भएका हुन् ।
मण्डलको पेट तथा सिंहको तिघ्रामा गोली लागेको छ। उनीहरुको जिल्ला अस्पताल जलेश्वरमा उपचार भईरहेको छ । घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्तिले सञ्चारकर्मीहरुलाई टेलिफोन गरी घटनाको जिम्मेवारी लिएको केही राष्टिय मिडियाका अनलाइन संस्करणहरुले खबर छापेका छन् ।
प्रकाशित मिति:
June 16, 2013