संविधानसभामा मतसीमाको एमालेको पूर्ववत अडान कायमै

पार्टी मुख्यालय बल्खुमा आइतबार सम्पन्न बैठकपछि एमालेका महासचिव ईश्वर पोखरेलले राजनीतिक पद्धतिलाई सुव्यवस्थित बनाउन मतसीमा आवश्यक भएका कारण पार्टीको पूर्ववत अडानलाई कायमै राख्ने निर्णय गरिएको बताए ।
बैठकमा आगामी असार ७, ८ र ९ गते हुने पार्टी केन्द्रीय कमिटीको बैठकको कार्यविधि सम्बन्धमा छलफल भएको उनले जानकारी दिए ।
बैठकमा विभिन्न ठाउँबाट पार्टी प्रवेशको क्रम, संविधानसभाको निर्वाचन सम्बन्धमा देखिएका कानुनी विवाद, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।
प्रकाशित मिति:
June 10, 2013