भक्तपुरका तीनवटा कुखुरा फर्ममा फेरि बर्डफ्लु भेटियो
साउन १७ । भक्तपुरमा फेरि थप तीनवटा पोल्ट्री फर्मका कुखुरामा बर्डप्mलु भेटिएपछि बुधबार पाँच हजार ७४० कुखुरा र १६ हजार ५९० वटा अण्डा नष्ट गरिएको छ ।
भक्तपुरको सिपाडोल–९ स्थित जिजे पोल्ट्री फर्म, भक्तपुर नगरपालिका लाकुलाछेस्थित विमल धिमसुको पोल्ट्री फर्म र वागेश्वरी गाविसको कृष्णराम छुस्यावागको फर्ममा रहेका सबै कुखुरामा बर्डफ्लु भेटिएपछि कुखुरा नष्ट गर्न थालिएको जिल्ला पशुसेवा कार्यालय भक्तपुरले जनाएको छ ।
पशुरोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले तीनवटा कुखुरा फर्ममा रहेको कुखुरामा बर्डफ्लुको सङ्क्रमण भएको प्रमाणित गरेपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको निर्देशनमा बर्डफ्लुको सङ्क्रमण भएका कुखुरा नष्ट गर्न थालिएको हो ।
जिल्ला पशुसेवा कार्यालयको नेतृत्वमा भएको चिकित्सक तथा प्राविधिकको टोलीले आज भक्तपुरको सिपाडोल गाविस–९ स्थित जिजे पोल्ट्री फर्मको पाँच हजार कुखुरा, १६ हजार अण्डा र एक हजार किलो दाना नष्ट गरेको कार्यालयका प्रमुख खगेन्द्रराज भट्टले बताउनुभयो ।
बलराम किसीको जिजे पोल्ट्री फर्मको तीनवटा खोरमा रहेको प्यारेन्ट कुखुरामा बर्डफ्लु भेटिएकोे छ । किसीको तीनवटा फर्ममा आठ हजारभन्दा बढी कुखुरा रहेका छन् । जसमध्ये आज एउटा फर्मको कुखुरा नष्ट गरिएको छ भने भोलि अर्को फर्ममा रहेका कुखुरा नष्ट गरिनेछ ।
किसीकै आज नष्ट गरिएको फर्मनजिकै रहेको करिब छ हजार कुखुरामा भने सङ्क्रमण नदेखिएको बताइएको छ । भट्टले खोर छुट्टै भएको र अहिलेसम्म सो खोरको कुखुरा नमरेकाले नष्ट नगरिएको बताए ।
जिजे फर्ममा एक साता अघिदेखि कुखुरा मरे पनि सरकारी निकायलाई जानकारी नदिई मरेको कुखुरा गाड्ने र जिउँदा बजारमा पठाउने गरेका थिए ।
यसरी बाहिर बिक्रीका लागि पठाउँदै गर्दा एक ट्रक रोगी कुखुरा गत सोमबार लालितपुरको सानेपामा पक्राउ गरी नष्ट गरिएको थियो ।
गएराति ८ बजेदेखि राति ३ बजेसम्ममा धिमसुको फर्ममा रहेको पाँच हजार २२० वटा लेयर्स कुखुरा नष्ट गरेको पशुसेवा कार्यालय भक्तपुरका प्रमुख भट्टले बताए ।
त्यसैगरी भक्तपुरको वागेश्वरी गाविसमा रहेको कृष्णराम छुस्यावागको कुखुरा फर्ममा पनि बर्डप्mलु भएको पुष्टि भएको कार्यालयका प्रखुम भट्टले जानकारी दिए ।
वागेश्वरीको सो फर्ममा चार हजार १०० कुखुरा रहेको जानकारी आएको बताउँदै उहाँले सकेसम्म आजै सो कुखुरा पनि नष्ट गरिने बताए ।
लगातार भक्तपुरका कुखुरा फर्महरूमा बर्डप्mलु देखिने तर नष्ट गर्न जनशक्तिको अभाव भएकाले सबै ठाउँमा एकैपटक कुखुरा नष्ट गर्न नसकिएको उनले बताए ।
बर्डफ्लु भेटिएको कुखुरा र अण्डा बजारमा बिक्रीका लागि नलैजाऊन् भनेर २४ सै घण्टा कडा निगरानी गर्न पशुसेवा कार्यालय र प्रहरीलाई प्रजिअ दवाडीले निर्देशन दिएका छन् ।
बर्डप्mलु भएको कुखुरा र अण्डा लुकिछिपी बिक्रीका लागि बाहिर जान थालेपछि यसलाई रोक्न कडा निर्देशन दिइएको दवाडीले बताए । यसअघि शनिबार भक्तपुर सिपाडोल–२ स्थित हिमाल पोल्ट्री फर्ममा बर्डफ्लु भेटिएपछि त्यहाँको कुखुरा नष्ट गरिएको थियो ।

प्रकाशित मिति:
July 31, 2013