माओवादी युवा नेता न्यौपाने हस्पिटल भर्ना
असार २७ । नेकपा माओवादीका युवा नेता लेखनाथ न्यौपाने एक्कासी बिरामी भएपछि हस्पिटल भर्ना भएका छन् ।
उनलाई हृदयघात हट्याट्याक भएको भनिए पनि उनको चेकजाँचपछि सबै रिपोर्ट हेर्दा उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
सामान्य अवस्थामै एक्कासी बेहोस भएपछि सुरुमा उनलाई बालाजुस्थित जनमैत्री हस्पिटलमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई नर्भिक हस्पिटलमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था अहिले क्रमिक रुपमा सुधार हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।
जनमैत्रीमा रहँदा चिकित्सकहरुले उनको ब्लड प्रेसर चेकका साथै मुटु, छाती लगायतको एक्सरे गरेका थिए । तर, एक्सरेमा भने सबै रिपोर्ट सामान्य देखिएको उनको उपचारमा संलग्न चिकिस्तक डा.मनोजकुमार शाहले हेलोखबर डटकमलाई बताए ।
उनी बिरामी भएको खबर सञ्चारमाध्यममा सार्वजनिक भएपछि हस्पिटलमा ठूलो संख्यामा नेता तथा कार्यकर्ताको भीड लागेको थियो ।
जनमैत्रीमा पोलिटव्युरो सदस्य हितमान शाक्य, केन्द्रीय सदस्य इश्वरी दाहाल, दिनेश शर्मा लगायतका नेताहरु नेताहरु पुगेका थिए ।
माओवादी सम्बद्ध अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष समेत रहेका न्यौपाने पार्टी विभाजन पछि भने मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीमा आवद्ध छन् । उनी नेकपा-माओवादीका बैकल्पिक केन्द्रिय सदस्य समेत हुन् ।

प्रकाशित मिति:
July 10, 2013